सञ्चारकर्मी बसन्त कार्की सम्मानित

कार्तिक १३, २०७८ | काठमाडौं

क्यानडास्थित नेपाली सञ्चारकर्मी बसन्त कार्की क्यानडा सरकारद्वारा सम्मानित भएका छन् । ओन्टारियोका अर्थमन्त्री प्रमित सरकारियाले कार्कीलाई सम्मानपत्र प्रदान गर्नुभएको हो । 

माउन्ट एभरेस्ट टेलिभिजन क्यानडाका प्रबन्ध निर्देशक समेत रहेका कार्कीले लामो समयदेखि त्यहाँका प्रवासी नेपालीलाई टेलिभिजन तथा अन्य मिडियाहरुको माध्यमबाट सुसूचित गराउँदै आएका छन् । नेपालीहरुको महान चाड बडादशैं तथा दिपावलीको अवसरमा चितवन समाज क्यानडाले क्यानडाको टोरन्टो स्थित ब्रामटनमा आयोजना गरेको एक कार्यक्रमका बीच कार्की सम्मानित भएका हुन् । 

 कार्की व्यवसायी मात्रै नभई समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । पछिल्लो समय कोभिड–१९ को दोश्रो भेरियन्टमा कार्कीकै नेतृत्वमा नेपालमा ८ भेन्टिलेटर र १६ हजार पि.पि.ई. रोयल आर्मी अफ क्यानडाको जहाजमार्फत नेपाल पठाउन पहल गरिएको थियो । 


प्रतिक्रिया