डा. उपाध्याय जेसिसको 'उत्कृट ३० युवा' को सूचीमा

श्रावण २५, २०७९ | काठमाडौं
विश्व जेसिसले विश्वका एक सय देशबाट छनोट गरेको दुई सय युवामध्ये नेपालका युवा वैज्ञानिक डा.जितु उपाध्याय उत्कृट ३० युवाको सूचीमा छनोट हुनुभएको । जेसिसले विभिन्न क्षेत्रमा योगदान पुर्याएका युवाहरुको सूची सार्वजनिक गरेको हो ।
हाल म्याकगिल विश्वविद्यालय, क्यानडामा अध्यापन गरिरहनुभएका डा उपाध्यायले नेपाल र नेपालीलाई विभिन्न माध्यमबाट विश्वका विभिन्न मुलुकमाझ चिनाउँदै आउनुभएको छ । डा. उपाध्यााय नेपाली जनसम्पर्क समिती, क्यानाडाका उपसभापती एवं महासमिती सदस्य समेत हुनुहुन्छ ।