पार्टी नेतृत्व गुट र स्वार्थबाट माथी उठ्न जरुरी छ : हरिबोल गजुरेल

असार २३, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 7 July 2020 | 23 Asar 2077

नेकपा स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकढिक्का बनाउने जिम्मेबारी अध्यक्षद्धयकै भएको बताउनुभएको छ । गुट र स्वार्थबाट माथी उठेर देश र जनताका लागि राजनिति गर्न उहाँले शीर्ष नेतृत्वलाई सुझाउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता गजुरेलले पार्टीभित्र बिचार र सिद्धान्तको खडेरी देखिएकाले वर्तमान परिस्थिती सृजना भएको उल्लेख गर्नुभयो । नेताहरुको भन्दा जनताको सोच्ने स्तर बढेकाले हरेक घटनाक्रमलाई जनताले मुल्याङकन गरिरहेको उहाँको भनाई थियो । पार्टीभित्रको विवाद समाधानका लागि सबैले स्वार्थ र सिमित गुटभन्दा माथी उठ्न जरुरी रहेको नेता गजुरेलको जिकिर थियो । उहाँले बाहिर आएको जस्तो अवस्था पार्टीमा नरहेको बताउदै गुटको संर्घषले पार्टी कमजोर बनेको टिप्पणी गर्नुभयो ।


प्रतिक्रिया