विवादको भूमरीमा फस्दै नेपाली क्रिकेट

माघ ४, २०७९ | काठमाडौं

नेपाली क्रिकेटले आठ वर्ष अघि सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्दै विश्वसामु आफूलाई प्रस्तुत गरेको थियो । त्यस्तै, समय क्रममा नेपालले वान डे मान्यता समेत पायो । तर, आन्तरिक विवादका कारण क्रिकेटको व्यवस्थापकीय निकाय नेपाल क्रिकेट संघ आइसीसीको निलम्वनमा परेपछि नेपाली क्रिकेटमाथि नकारात्मक प्रभाव पारेको थियो । 

सम्बन्धित समाचार :

* अन्तर्राष्ट्रिय ख्याति कमाएको नेपाली क्रिकेट विवादको भूमरीमा फस्दै

निलम्वन फुकुवासँगै नेपाली क्रिकेटले गति लिने अपेक्षाबीच गत महिना काठमाडौंमा आयोजित टी–ट्वान्टी लिगका दौरान देखिएको विवादले यतिखेर नेपालको छवि नै धमिलिने जोखिम बढाएको छ ।


प्रतिक्रिया