निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

माघ ११, २०८१ | काठमाडौं

सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन् । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १(अन्डर २०६ स्कोर गरे। उनले आज भने ४(ओभर ७३ स्कोर गरे। उपाधि सहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे।

 निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो। उनको करियरको यो तेस्रो उपाधि हो। यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए। इभन(पार ६९ को कार्ड तयार पारेका जयराम श्रेष्ठले समग्रमा २(ओभर २०९ सहित दोस्रो भए। उनले नगद १ लाख हात पारे। समग्रमा ३(ओभर २१० को स्कोरमा भुवन कुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाए। आज उनले ७(ओभर ७६ को प्रदर्शन गरे। उनले ७५ हजार पुरस्कार पाए। 

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले आज २(अन्डर ६७ को स्कोर दर्ज गरे। समग्रमा ४(ओभर २११ सहित चौथो हुँदा उनले ६३ हजार प्राप्त गरे। समग्रमा ७(ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णु प्रसाद शर्मा र रामे मगरले पाँचौं स्थान बाँडे। विष्णु र रामेले आज ४(ओभर ७२ तथा सञ्जय र धनले ७(ओभर ७६ को स्कोर निकाले। उनीहरूले जनही ४४ हजार ७५० नगद पुरस्कार पाए। १०(ओभर २१७ सहित कृष्णमान राजबहाक र तोरण विक्रम शाहीले दशौं स्थानमा प्रतियोगिता सकाए। कृष्णले ६(ओभर ७५ र तोरणले ४(ओभर ७३ मा अन्तिम दिनको खेल सकाए।‌ दुवैले जनही ३३ हजार ५ सय नगद प्राप्त गरे। 

एमेच्योरतर्फ सुरेश तामाङ पहिलो भए। इभन(पार ६९ को स्कोरमा समग्रमा ९(ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई दुई स्ट्रोकले हराए। समग्रमा ११(ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए। उनले आज ३(ओभर ७२ स्कोर गरे। दोस्रो दिनका लिडर सुन्दर राईले आज ९(ओभर ७८ खेल्दै तेस्रो स्थानमा झरे। अन्तिम दिनको सुरूवात गर्दा मात्र एक स्ट्रोकले अगाडि रहेका निरजले उत्कृष्ट स्कोर निकाल्न सकेनन्। उनलाई अन्य गल्फरले चुनौती दिन नसक्दा ३ स्ट्रोकले उपाधि जितेका हुन्। पाँचौं देखि सातौं होलमा बोगी खेपेका उनले फ्रन्ट नाइन ३(ओभर ३७ खेले। यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि ११औं र १८औं होलमा एक(एक सट खेर फाले। ब्याक नाइन १(ओभर ३६ मा सकाए। 

जयरामले पहिलो होलमा नै ट्रीपल बोगी प्रहार गरे। लगतै तेस्रो होलमा एक सट खेर फाले। छैटौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन २(ओभर ३६ मा पुरा गरे। यसपछि ब्याक नाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे। १०औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगीको सामना गरे। यसपछि १५औं देखि १७औं खेलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे। अन्तिम होलमा एक सट खेर फाल्दा ब्याक नाइन २(अन्डर ३३ मा सकाए। यो सँगै उनी संयुक्तरुपमा पाँचौंबाट दोस्रो स्थानमा उक्लन सफल भए।

 लगातार दुई दिन दोस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइन ५(ओभर ३९ र ब्याक नाइन २(ओभर ३७ मा सकाए। उनले दोस्रो र चौथो तथा यसपछि पाँचौं देखि सातौं होलमा लगातार तीन बोगी हाने। ११औं र १५औं होलमा पनि एक(एक सट खेर फाले। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरूङले पुरस्कार वितरण गरे। ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फरहरूले भाग लिएका थिए। प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रहेको थियो। भोलि प्रो(एम प्रतियोगिता हुनेछ।


प्रतिक्रिया