सरकार परिवर्तनको चर्चा अर्थहीनः प्रधानमन्त्री ओली
माघ ११, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको चर्चा अर्थहीन रहेको बताउनुभएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकार परिवर्तनको बिषय उठाएर अस्थिरता मच्चाउने तत्वहरुले अनावश्यक हल्ला चलाएको र त्यसको पछि नलाग्न आग्रह समेत गर्नुभयो ।
एमाले र काँग्रेससहितको सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमति बमोजिम अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । स्वास्थ्य स्थितिका कारण बाहिर निस्कन नमिलेपछि प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट भवन उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।