सुझाव संकलन कार्य बिथोल्ने दुई पक्राउ

श्रावण ३, २०७२
साउन ३, सप्तरी ।
संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनको कार्यमा अवरोध पुर्याउने संघीय समाजवादी फोरम नेपालका दुई जना कार्यकर्तालाई प्रहरीले सप्तरीको पोर्ताहाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जगदेव यादव र राजेन्द्र यादव रहेको प्रहरीले जनाएको छ । पोर्ताहामा सुझाव संकलनका क्रममा निर्णय पुस्तिका च्यातिदिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।