सुझाव एकीकृत गर्ने काम जारी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७२

साउन ७, काठमाडौं ।

 

संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले भावी संविधानको मस्यौदामा जनताबाट प्राप्त सुझावलाई एकीकृत गर्ने काम आज पनि जारी राखेको छ । सुझाव संकलनका लागि सम्बन्धित क्षेत्र गएका सभासद्हरु काठमाडौं फर्किएपछि लाखौं सुझाव/ जिल्लागत रुपमा समितिले एकीकृत गरिररहेको हो । एमाले सभासद् प्रेमबहादुर गरीको संयोजकत्वमा रहेको मस्यौदा उपसमितिले सवै जिल्लाबाट प्राप्त सुझावको अध्ययन र बिश्लेषण गरी लिपिबद्ध गर्ने काम गरिरहेको छ । संयोजक गिरीले आज सााझसम्ममा अधिकांश काम सक्ने र भोलीबाट प्रतिवेदन लेखन कार्य थाल्ने जानकारी दिनुभयो ।

२ सय ४० वटै उपसमितिले जनताबाट प्राप्त सुझावलाई जिल्लागत रुपमा एकीकृत गरी मस्यौदा उपसमितिलाई बुझाएका छन् । सुझाव संकलन गरी प्रतिवेदन बुझाउन संविधानसभाले आजसम्मको समय दिएपनि आगामी ११ गते भित्र संविधानसभाको पूर्ण बैठकमा प्रतिवेदन बुझाउने तयारी सुझाव समितिले गरेको छ । समितिले सम्पूर्ण काम सकेपछिमात्र संविधानसभाको बैठक बोलाउने संविधानसभा सचिवालयले जनाएको छ ।   


प्रतिक्रिया