​जनकपुर बजार तानवग्रस्त /सुझाव संकलन कार्यक्रम अझै शुरु हुन सकेन

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७२

अनिल बोगटी

साउन ४, जनकपुर ।

जनकपुरमा मधेस केन्द्रित असुन्तष्ट समूहले अन्तरिम संविधान र सर्वोच्च अदालतको आदेश विपरित राय सुझाव संकलन गर्न लागिएको भन्दै बिरोध जनाएपछि स्थिति तानवग्रस्त बनेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को जनकपुर बजारस्थित उद्योग वाणिज्य महासंघको सभाहलमा गर्ने भनिएको सुझाव संकलन कार्यक्रम असन्तुष्ट समुहको विरोधका कारण अझै शुरु हुन सकेको छैन् । मधेश अधिकार संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । त्यसमा प्रहरीले हस्तक्षेप गरी लाठि चार्ज गरेपछि अहिले जनकनपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ । असन्तुष्ट पक्षले दुई दिन जनकपुर बजार बन्द आव्हन गरेका छन् । 


प्रतिक्रिया