केही स्थानमा अवरोधकाबीच मुलुकभरबाट उत्साहजनक रुपमा मस्यौदामाथि सुझाव प्राप्त

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७२

साउन ४, काठमाडौं ।

 

केही स्थानमा सामान्य अवरोधकाबीच भावी संविधानको मस्यौदामाथि उत्साहजनक रुपमा मुलुकभरबाट सुझाव प्राप्त भएका छन् । संविधानसभा भित्र रहेका राप्रपा नेपाल र मधेश केन्द्रित केही दलका कार्यकर्ताले केही जिल्लामा सुझाव सकलन कार्यमा अवरोधको प्रयास गरेका छन् । सरकारले आज र भोली सार्वजनीक बिदा दिएपछि मस्यौदामा सुझाव दिन मुलुकभर हरेक क्षेत्र, समुदाय र जातजातीको उल्लेख्य उपस्थिति रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । मधेशी मोर्चाको बन्द तथा अवरोधका कारण धनुषा क्षेत्र नम्बर ४ मा भने सुझाव संकलन आज हुन सकेन । 

संविधानसभा सचिवालयका अनुसार, अनुकूल वातावरण भएका अधिकांश सुगम जिल्लाहरुमा भने आजै सुझाव संकलनको काम सम्पन्न भएको छ । काठमाडौंमा दुई चरणमा गरी आज सुझाव संकलन भएको छ भने ललितपुर र भक्तपुरमा पनि उत्हाजनक रुपमा जनताले भावी संविधानको मस्यौदामाथि आफ्नो रायसुझाव टिपाएका छन् । 

यसैबीच, संविधानसभाले सार्वजनीक गरेको वेभसाईट, ईमेलमा समेत सुझाव पठाउनेको संख्या उल्लेख्य रहेको छ भने फ्याक्स र टेलिफोन गरी सुझाव दिनेको संख्या पनि झण्डै ३ हजार पुगेको छ । संविधानसभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुईकेलकाअनुसार, वेभसाईटमार्फत ९ हजार ८ सय ८०, ईमेल मार्फत ४ हजार ३ सय ३२, टेलिफोनबाट २ हजार ८१, फक्सबाट ९ सय ८ र सचिवालयमा ६५ वटा सुझाव प्राप्त भएका छन् । सिंहदरवारमा आज नेपाल आर्मी, नेपाल उद्योग बाणिज्य महासंघ लगायत बिभिन्न १५ वटा संघसंस्थाले संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गलाई सुझाव पत्र बुझाएका छन् । 


प्रतिक्रिया