बानेश्वरमा सुझाव संकलनमा अवरोध /राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप

श्रावण ५, २०७२
साउन ५, काठमाडौं ।
राजधानीको बानेश्वर ब्याङ्केटमा काठमाडौं क्षेत्र नं १ को संविधान मस्यौदाको सुझाव संकलनका क्रममा सामान्य झडप भएको छ । सो क्षेत्रमा राप्रपा नेपालले नाराबाजीसहित प्रदर्शन गरेपछि कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको हो । राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रमस्थलमा प्रहरीले छिर्न नदिएपछि त्यहा केहिबेर तनाबको अवस्था सिर्जना भएको थियो । स्थिति नियन्त्रणमा आएसंगै उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन गरिएको छ । कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरेका थिए ।