​प्रदेशको सीमांकन टुंग्याएर संविधान जारी गर्नुपर्ने बारको सुझाव

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७२

साउन ५, काठमाडौं । 

नेपाल बार एशोसियसनले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित कतिपय प्रावधान व्यवहारिक नभएको भन्दै संशोधनका लागि संविधान सभाध्यक्ष सुवास नेम्बाङको ध्यानाकर्षण गराएको छ । सिहंदरबारमा सभाध्यक्ष नेम्बाङलाई सुझाव सहितको ज्ञापनपत्र बुझाँउदै बारले मस्यौदामा रहेको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका सम्बन्धी ६५ वटा धारामा संशोधन आवश्यक रहेको बताएको हो ।

बारले प्रदेशको सीमांकन टुंग्याएर संविधान जारि गर्नुपर्ने, संवैधानिक अंगको पुनर्नियुक्ति, राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला  हुनुपर्ने, सुरक्षा परिषद्मा नेपाली सेना पदेन सदस्य हुनुपर्ने, संवैधानिक अदालत अन्तराष्ट्रिय मान्यता दिएर छुट्टटै बनाउनुपर्ने नभए सर्वोच्च अदालत अन्र्तगतै रहेर ५ सदस्य संवैधानिक इजलास हुनुपर्ने लगायतका सुझाव दिएको नेपाल बार एशोसियसनका उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिनुभयो । 


प्रतिक्रिया