महेन्द्रनगर डायरी

श्रावण ६, २०७३ | महेन्द्रनगर

 

तटबन्ध कार्य शुरु

साउन पहिलो साताको अविरल बर्षासंगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी र भुजेला क्षेत्रको तटबन्ध कटान गर्न थालेपछि बाढी रोकथामको आकस्मिक काम सुरु गरिएको छ । बाढीले सुरुमा भीमदत्त नगरपालिका ११ मा पर्ने महाकाली किनारको भुजेला र ओदाली क्षेत्रको तटबन्धका स्पर कटान गरि बगायो । जनताको तटबन्ध कार्यालयका प्रमुख भिलानन्द यादवका अनुसार दोधारा र चाँदनीमा बाढीले बगाइ रहेको तटबन्ध क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी स्थानीयबासीको सहयोगमा आकस्मिक रोकथामको काम अन्तर्गत तार जालीमा ढुंगा बिच्छाउने काम गरिको छ । तत्कालको खतरा टरेपनि तटबन्धको कतिपय क्षेत्र जोखिममा रहेको प्रमुख यादवले बताउनु भयो ।

कामका लागि भारत तिर

उत्तर भारत यतिवेला बाढी पहिरोको चपेटामा रहे पनि नेपाली कामदारहरु भने रोपाइ सिध्याएर कामको खोजीमा त्यतै गइरहेका छन । बर्षेनी बर्षेवालीको काम सकेर मध्य र सुदुरपश्चिमका बिभिन्न जिल्लाका कामदारहरु हजारौको संख्यामा भारत उत्तराखण्ड र हिमाञ्चल प्रदेशका बिभिन्न शहर र ग्रामीण भेगमा कामको खोजीमा जाने गर्छन् ।    यसबर्ष पनि साउन पहिलो साता देखि कञ्चनपुरको सिमानाका भएर भारत पस्नेहरुको संख्या दिनहँु बढ्न थालेको छ । उनीहरु खासगरि हिमाञ्चलमा स्याउ टिप्ने, प्याकिंग गर्ने र ढुवानीका कामका लागि जाने गरेका छन् ।

महाकाली अञ्चल अस्पतालमा उपचार सेवामा सुधार

बर्षौदेखि बिशेषज्ञ डाक्टर नभएर प्रभावकारी उपचारसेवा हुन नसकिरहेको यहाँको महाकाली अञ्चल अस्पतालमा हालका महिनामा उपचारसेवामा निकै सुधार भइरहेको छ ।    तिनबर्षपछि स्त्रीरोग बिशेषज्ञ संगै वालरोग, हाडजोर्नी बिशेषज्ञ र सर्जनको समेत सेवा उपलव्ध हुन थालेपछि अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढन थालेको छ । सामान्य अपरेशन र प्रसुति सेवाका लागि भारतीय शहर देखि धनगढी र नेपालगञ्ज सम्म पुग्नु पर्ने अवस्था अव नरहेको अस्पतालका प्रमुख श्रीराम तिवारी बताउनु हुन्छ ।  २७ जना डाक्टर मध्ये १८ बिशेषज्ञको दरवन्दी रहेको अञ्चल अस्पतालमा स्त्रीरोग, वाल बिशेषज्ञ, हाडजोर्नी र सर्जन समेत ४ जना बिशेषज्ञ थपिए पछि अस्पतालमा उपचार सेवामा सुधार भएकोहो ।

असोजमै काम सक्ने

गाँउपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले आउँदो असोज भित्र आफ्नो काम सम्पन्न गर्ने भएको छ । आयोगले फागुन भित्र काम सम्पन्न गर्नु पर्ने म्याण्डेट पाएको भएपनि सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेपछि असोजमा काम सम्पन्न गर्न लागेको हो ।

आयोगका तर्फ बाट आयुक्तहरु डोरमणि पौडेल र सुनिलरञ्जन सिंहले महेन्द्रनगरमा आज पत्रकारहरु संगको छलफलमा सो जानकारी दिनु भएको हो । उहाँहरुका अनुसार अव देशमा ५ सय ६५ स्थानीय तहका निकायहरु रहने निश्चित भएको छ ।

हवस् त महेन्द्रनगर डायरी आजलाइ यत्ति नै चित्रांग थापालाइ बिदा दिनुहोस्, नमस्कार

   

   

 


प्रतिक्रिया