रामेछाप डायरी

भाद्र २०, २०७३ | रामेछाप

रामेछाप डायरीबाट टीका भट्टको नमस्कार 

बस रोकिएपछि डाँक र पत्रिका ढुवानी प्रभावित

सडक इजाजत पत्र नभएका बस संचालनमा रोक लगाएपछि रामेछाप जिल्लामा पत्रपत्रिका ढुवानी र डांक सेवा प्रभावित भएको छ । बस संचालन हुदा यस अघि दैनिक डांक सेवा संचालन हुदै आएको थियो । जिल्ला हुलाक कार्यालयका प्रमुख इश्वरी प्रसाद सुवेदीका अनुसार अहिले बल्ल १५ दिनमा एक दिन डांक पठाउन सकिएको छ । अरनीको यातायात सेवा समितिले हुलाक सेवा विभाग मार्फत डांक बोक्नका लागि स्वीकृति पाएको थियो ,तर समितिका वसहरुलाइ संचालन गर्न सडक इजाजत पत्र छैन । 

पन्ध्र दिन सम्म रोकिएका जिल्ला हुलाकका चिठीपत्रका थैला चरीकोट हुँदै मन्थली सम्म एउटा गाडि संचालन हुन थालेपछि पठाउन थालेको सुवेदीले वताउनुभयने । जिल्ला हुलाक कार्यालयले जिल्ला भित्रका आन्तरिक सडकमा पनि वस मार्फत डांक पठाउने गरेको थियो । 

चरिकोट हुँदै आउने बसमा पत्रिका ढुवानी गर्दा रामेछापका बासिन्दाले बेलुका मात्र पत्रिका पढ्न पाँउछन् । 

सडक पेटीमा भएका काउण्टर बसपार्कमा सार्ने तयारी

साँघुरो सडक पेटी ढाक्ने गरी मन्थली बजारमा राखिएका विभिन्न यातायात सेवा समितिका काउण्टरलाइ हटाइने भएको छ । यसअघि पटक–पटक निर्णय भएपनि स्थानीय प्रशासनले काउण्टर हटाउन निर्णयको कार्यान्वयन गरेको थिएन । सडक पेटीमा आवत जावत रोक्ने गरी काउण्टर राखिएका र काउण्टर अघि सुमो पार्कींङ गरेको विषय पटक पटक विवादित बन्दै आएको छ । सडकमा दुइ तिर रहेका काउण्टर र त्यस अघिका सुमोले गर्दा आवत जावत सहज हुन नसकेको कुरालाइ मध्यनजर गरी मन्थली नगरपालिका कार्यालयले सवै काउण्टर हटाउने तयारी गरेको हो । नगरपाकिलाका अनुसार सवैलाई बस पार्कमा व्यवस्थित टिकट घर बनाएर सार्ने तयारी छ । टिकट घर बनाउन नगरपालिकाले आरम्भ गरीसकेको पनि जनाइएको छ । 

हवाइ सेवा संचालनमा आएन

विमानस्थल कालोपत्रे सकिएर परिक्षण उडान भएको महिना दिन बितिसक्दा पनि रामेछापबाट यात्रुहरुका लागि लक्षित गरी सेवा संचालन भएको छैन । विमानस्थलबाट निजी क्षेत्रको तारा एयरले सोलुको लुक्लाका लागि कार्गो सामान वोकिरहेको छ । कालोपत्रे गर्नु अघी साताको एक यात्रु उडान गर्दै आएको उसो कम्पनीले रामेछाप–काठमाण्डौका लागि यात्रु ओसार्न उडान तालिका अझै बनाएको छैन । कम्पनीका अनुसार हवाइ यात्रुको संख्या न्यून भएकाले सेवा संचालनमा ढिलाइ भएको हो । बिपी राजमार्ग खुलेपछि ढीलोमा ५ घण्टामा काठमाण्डौं पुग्न सकिने भएकाले हवाइ यात्रु घटेको अनुमान कम्पनीको छ । 

सार्वजनिक लेखा परिक्षण

गाल्वा चौरी सडकको गुन्सी खण्डमा भएको काम र त्यसमा लागेको खर्चको विवरण सार्वजनिक आज सार्वजनिक भएको छ । गुन्सीको गुुराासे देवि प्राविमा आयोजित कार्यक्रममा सहभागि करिव ५ सय सर्वसाधारणका माझ सडकमा गत आर्थिक बर्षमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरीएको हो । गुराँसेदेखि स्थानीय सडक उपभोक्ता समिति र रानीढुंगा स्थानीय सडक उपभोक्ता समितिले गरी कुल २ करोड ६४ लाख ७ हजार ६ सय ५१ बराबरको सडक निर्माण गरेको विवरण भेलाले पारित गरेको रानीढुंगा स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष हिरावहादुर श्रेष्ठले बताउनुभयो । 

हवस् त रामेछाप डायरी आजलाई यति नै, टीका भट्टलाइ विदा दिनुहोस, नमस्कार


प्रतिक्रिया