गोरखा डायरी

पुस २४, २०७३ | गोरखा

जिल्ला वन कार्यालयले अतिक्रमित वन क्षेत्र फिर्ता लिन लगत संकलन थालेको छ । जिल्लाभरकै अतिक्रमित जग्गा फिर्ता लिन लगत संकलन भई रहेको जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिनुभयो । आरुचनौटे स्थित आरुघाट बजारमा वनको जग्गा मिचेर इलाका वन कार्यालय, उद्योग बाणीज्य संघ र गाविसले नै भवन बनाएको भेटिएको छ । लगत संलकनका क्रममा सयौं रोपनी जग्गा मिचेर घरटहरा र भवन निर्माण भएको पाईएको हो ।

पर्यटन क्षेत्रको पूर्वाधार विकास गर्न पर्यटक प्रवेश शुल्क तथा पर्वतारोहण रोयल्टी बापत जिल्लामा आएको तीन करोड तीस लाख विनियोजन गरिएको छ । आर्थिक वर्ष २०६७/०६८ देखि खर्च हुन नसकेको रकम तीन वटै निर्वाचन क्षेत्रका विभिन्न आयोजनका लागि छुट्टाईएको योजना अधिकृत सतिश भट्टराईले बताउनुभयो । पर्यटन मार्ग, सडक, भ्युटावर, स्वागत गेट निर्माण गर्न प्राथमिकता दिईएको छ । मनासलु पदमार्ग, मनासुल हिमाल, लार्केपास, चुम र नुव्री भ्याली पर्ने क्षेत्रमा थोरै बजेट छुट्टाएको भन्दै स्थानियले भने असन्तुष्टि समेत जनाएका छन् । 

भूकम्प केन्द्रबिन्दु बारपाक पुननिर्माण सँगै घरेलु उद्योगहरु पनि खुल्न थालेका छन् । भूकम्पका कारण बन्द भएका सहित नयाँ उद्योगहरु पनि संचालन हुन थालेको हो । होटल, पसलहरुको संख्या थपिएर व्यापार व्यवसाय गर्नेको संख्या बढेको स्थानिय उत्तम विकले बताउनु भयो । भूकम्पले बन्द भएको सिस्नु पाउण्डर, पाउरोटी, ढाकाको सिलाई बुनाई, ग्रिल, चाउमिन, ढुङ्गा, काठ काट्ने उद्योग, कुटानी पिसानी मिल, सिलाई बुनाई र ग्रील उद्योग पुन: संचालन हुन थालेको हो ।

गोरखा क्षेत्र नंम्बर २ का सांसद तथा स्थानिय विकास अधिकारी हितराज पाण्डे बाहेक सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट झिनामसिना आयोजनामा खर्च गर्ने गरि बिनियोजन गरेका छन् । बजेट बढाएर खर्च गर्ने तरिकाको कार्यविधि परिवर्तन गरेपनि आर्थिक वर्ष २०७३/०७४ को बजेटमा पनि सांसदहरुको ध्यान पार्टी र कार्यकर्तालाई वितरणमुखी देखिएको हो । सांसद पाण्डेले नै निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५० लाख चाँहि ससाना आयोजनाका लागि छुट्टाउनु भएको छ । विशेष कार्यक्रम अन्र्तगतको ३ करोड उहांले क्षेत्र नम्बर २ को विद्युतिकरणमा खर्च गर्ने निर्णय गर्नुभएको हो । विद्युत पोल, तार, ट्रान्सर्फमर खरिद गर्न उक्त बजेट खर्च गर्ने योजना रहेको जिविसले जनाएको छ ।

हवस् त गोरखा डायरी आजलाई यति नै सुदिप कैनीलाई विदा दिनुहोस् नमस्कार

 


प्रतिक्रिया