गोरखा डायरी

फाल्गुन १९, २०७३ | गोरखा

 

२०७२ वैशाखको भूकम्पको केन्द्रबिन्दु बारपाक आसपास आज दिउसो आएको हावाहुरी कारण पीडितका अस्थायी टहराहरु उडाएको छ । बारपाक, लाप्राक सौरपानी, स्वाँरा, सिम्जुङ, मुच्चोक क्षेत्रमा हावाहुरी आएको स्थानियले बताएका छन् । हावाहुरीले टहरा उडाएको स्वाराकी सलिना गुरुङले बताए । पीडितहरु घर पुर्निर्माणको चरणमा रहे पनि अधिकांशको बसोबास भने अस्थायी टहरोमा नै छ ।

चीनको सिमाना तिब्बत सम्म जोडने मोटरबाटोको ट्रयाक खोल्न नेपाली सेनाले काम थालेको छ । थुमीको अर्मला र गुम्दाको माछि खोलाका प्राविधिक र सैन्य क्याप राखि सेनाले सडक खन्न काम सुरु गरेको हो । एउटा क्याम्प ८० भन्दा बढी जनशक्ति राखेर सामागाँउ जोड्ने सडकको ट्रयाक खोलिने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका इन्जिनियर नितान्त क्षेत्रीले बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालयले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई मकैको विउ वितरण गर्ने भएको छ । मकै रोप्ने सिजन सुरु भए सँगै २६ टन बिउ वितरण गर्न लागिएको कृषि प्रसार अधिकृत भवनाथ देवकोटाले बताउनुभयो । कृषि सेवा केन्द्र र सहकारी मार्फत बिउ उपलब्ध गराईने कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिका–४ पस्लाङमा ८ करोड खर्चिएर पार्क निर्माण गरिने भएको छ । एक शहर एक पहिचान अन्र्तगत गोरखा सदरमुकाम नजिकै पार्क निर्माण गर्ने काम अघि बढेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया