मुगु डायरी

रेडियो कान्तिपुर संवाददाता

आश्विन १९, २०७५ | मुगु

– मुगुको उत्कृष्ट पर्यटकिय गन्तब्य रारा घुम्न मौसम सुरु भएको छ । बर्षा रोकिए संगै असोज महिना सुरुवातमै आन्तरिक तथा बाह्य पर्यटक रारा भ्रमणमा आउन सुरु गरेका छन् । पर्यटकको निम्ति असोज देखि मंसिर सम्म रारा अवलोकन गर्न उपयुक्त समय मानिएको छ । गत साउन देखि भदौं महिना सम्म सुनसान भएको रारा हिजोआज पर्यटक आउन थालेपछि चहलपहल बढेको छ काठमाडौ, लुम्बिनी, पोखरा, बुटवल, भैरहवा, विराटनगर , भक्तपुर लगायत जिल्लाबाट सात दिनको प्याकेज ल्याएर कोही सडक मार्ग बाट कोही हवाई मार्गबाट आन्तरिक पर्यटक रारा आउन थालेका छन् । असोज महिना भित्रै अमेरिका बाट ६ जना र चीनबाट ९ जना र आन्तरिक डेढ सय जना पर्यटकले रारा भ्रमण गरि सकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

जिल्लाव्यापी मदिरा निषेध अभियान 

मुगुमा मदिरा निषेध अभियान सुरु गरिएको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसंग समन्वय गरि घरेलु मदिरा र शहरी क्षेत्रबाट आयात हुने लाइसेन्सवाला सिलबन्दी रक्सी निषेध गर्न जिल्लाब्यापी अभियान चलाएको छ । मदिरा सेवनका कारण चोरी डकैती, घरेलु हिसा, विकासमा बाधा, आर्थिक तहसनहस भएको भन्दै जिल्ला प्रहरी र प्रशासन कार्यालय गाउँदेखि शहरसम्म मदिरा निषेध पार्ने उदेश्यले कडा अभियानको थालनी गरेका छन् । अभियानमा स्थानीय तहका जनप्रतिनिधि ब्यापारी कर्मचारी महिला समुह, युवा, र स्थानीयले समेत साथ दिएका छन् । मुगुमा जिल्ला ब्यापी मधिरा निषेध अभियानलाई उचाईमा पुर्‍याउन थालिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । 

दसैंको मुखमा खाद्य गोदाम रित्तै 

मुगुमा दसैं तिहार नजिकिदैं गर्दा जिल्लाका खाद्य गोदामहरु रित्तै छन्  । जिल्ला शाखाको गोदाम देखि श्रीकोट, सोरुकोट र पूलु खाद्य डिपोहरुमा चामल ढुवानी नहुँदा रित्तै छन् । जिल्लामा यो चालु आर्थिक बर्षको १७ हजार क्वीन्टल चामल ढुवानी नभएको र गत बर्षको मौजदात चामल सकिंदा खाद्यका सबै गोदामहरु खाली भएका छन् । चालु आर्थिक बर्षको चामल ढुवानी सम्झौता असोज १९ गते सम्म म्याद भएको ढुवानीमा ढिलाई भएको खाद्य प्रमुख भरतराज खनियाले बताउनुभयो । 

४५ वडामा १५ सचिव 

मुगुमा चार वटा स्थानीय तहका ४५ वटा वडाहरुमा १५ जना सचिव कार्यरत छन्  । सचिवको अभावले अझै ३० वटा वडाहरुमा कामकाज अस्तब्यस्त छ । कार्यालय सहायकको भरमा वडाहरु संचालन हुँदा सेवाग्राहीको प्रशासनिक कामकाज प्रभावकारी हुन सकेको छैन । स्थानीय तह संचालन भएको एक बर्ष सम्म पनि यहाँको ४५ वडाहरुमा अझै सचिवको पदपूर्ति हुन सकेको छैन । यहाँको ११ वटा वडाहरुमा एक जना सचिव रहेको खत्याड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणीचन्द कार्कीले बताउनुभयो । 

हवस् त यीनै प्रसंगसंगै मुगु डायरी यहि सकिन्छ , राज बहादुर शाहीलाई विदा दिनुहोस् नमस्कार ।  

 


प्रतिक्रिया