लमजुङ डायरी

आश्विन १०, २०७८ | लमजुङ

लमजुङमा अधिकांश ग्रामीण सडक जीर्ण हुँदा सवारी दुर्घटना बढेको छ । चालकले मदिरा सेवन गरेर सवारी चलाउादा, क्षमता भन्दा बढी यात्रु बोक्दा, तीब्र गतिमा सवारी चलाउने लगायत कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रेशमबहादुर गुरुङले बताउनुभयो । जिल्लामा पछिल्लो ३ वर्षको अवधिमा ४७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर ३० जनाले ज्यान गुमाएका छन् । ६९ जना सख्त घाइते भएका छन् । २१ जना सामान्य घाइते भएका छन् । यो अवधिमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जिप कार भ्यान, १६ वटा ट्याक्टर र १४ वटा मोटरसाइकल दुर्घटना भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ३ वटा सवारी दुर्घटना हुादा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

लमजुङमा मापदण्ड विपरीत माछामासुको व्यापार हुने गरेको पाइएको छ । पसलहरु फोहर राख्ने, डिफ्रिजमा नराख्ने, प्रक्रिया नपुर्‍याई बाहिरी जिल्लाबाट माछामासु ल्याएर बिक्री वितरण गरेको भेटिएको हो । पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको अनुमगन टोलीले अनुगमनका क्रममा माछामासुको व्यापार मापदण्ड विपरीत हुने गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तोपलाल भुसालले बताउनुभयो । अनुगमन टोलीले तनहुाको तुरतुरेबाट ट्याक्सीको डिकीमा हालेर तुरतुरेबाट ल्याउादै गरेको ५५ किलो राागाको मासु प्रक्रिया नपुर्‍याई ल्याएको भन्दै नष्ट गरेको बेंसीसहर नगरपालिकाका अधिकृत सुशिला श्रेष्ठले बताउनुभयो ।

मस्र्याङदी गाउापालिका–७, ङादीमा गाउापालिकाले अस्पताल निर्माण गर्ने भएको छ । वडाअध्यक्ष युवक घलेका अनुसार २३ रोपनी क्षेत्रफलमा १० शैय्याको अस्पताल निर्माण हुन लागेको हो । संघीय सरकारको ६ करोड ९८ लाख रुपैयाा लागतमा अस्पताल निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षभित्र अस्पताल निर्माण कार्य सक्ने लक्ष्य रहेको गाउापालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । अस्पतालमा डाक्टरसहित विभिन्न सेवा सञ्चालन हुने भएपछि मस्र्याङ्दी गाउापालिकामा मात्रै नभएर छिमेकी मनाङ जिल्लाका नागरिकले पनि स्वास्थ्य सेवा पाउने छन् ।

पहिलोपटक स्थानीय तह सञ्चालनको उत्तरार्धमा मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउापालिकाले आफ्ना विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । लमजुङमा ४ नगरपालिका र ४ गाउापालिका भएपनि ६ स्थानीय तहले पाठ्यक्रम निर्माण गरेका छैनन् । स्थानीय तहभित्रको ऐतिहासिक, सांस्कृतिक, पौराणिक विषयवस्तु समेटेर विद्यालयमा चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको हो  । पाठ्यक्रममा स्थानीय परिवेशलाई समावेश गरिएको मस्र्याङ्दी गाउापालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बालबालिकालाई आफ्नै स्थानीय तहको परिवेश बारे जानकारी गराउन स्थानीय पाठ्यक्रम लागू गरिएको बताउनुभयो । दुवै स्थानीय तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पढाइनेछ ।


प्रतिक्रिया