रामेछाप डायरी

भाद्र २, २०७९

रामेछाप बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने छात्रछात्राहरु अध्ययन सगैं आयआर्जन गर्न थालेका छन् । आयआर्जन गर्ने कार्यमा शिक्षालयले उनीहरुलाई सहयोग गरेको छ । शिक्षालयको जग्गामा लगाइएका व्यवसायीक तरकारी खेती, कुखुरा पालन, नर्सरी, अचार र सिम्टा वनाउने काममा विद्यार्थीहरु सक्रिय छन् । शिक्षालयमा पढाई सगैं दैनिक २ घण्टा प्रयोगात्मक कार्य गरिन्छ । शिक्षालयमा उत्पादन भएका सामग्रीहरुको बजारीकरणका लागि मन्थलीमा स्टलको व्यवस्था गर्नुका साथै काठमाण्डौंमा सम्पर्क गरेर वजार खोज्ने काम शिक्षालयले गर्दै आएको प्रमुख हरीप्रसाद पौडेलले बताउनुभयो । शिक्षालयमा विद्यार्थीको सीप र श्रमले उत्पादन भएका सामग्रीहरुको विक्री वितरणबाट आएको पैसा ५० प्रतिशत विद्यार्थीले नै पाउने व्यवस्था गरिएको छ ।

नागरिकता सच्याएर वृद्धभत्ता खुवाउन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले रामेछापका सवै स्थानीत तहलाई पत्राचार गरी सो कार्य नगर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले जिल्लाका ८ वटै स्थानीय तहलाई पत्राचार गरी नागरिकता फेरेर भत्ताको लागि माग भइ आएमा त्यस्तो नागरिकताका बारेमा जिल्ला प्रशासन कार्यालयमा वुझेर मात्र कारवाही अघि बढाउन स्मरण गराईएको छ । जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रमा भत्ता वा अन्य प्रयोजनका लागि नाम र जन्ममिति समेत फेरेर दोहोरो नागरिकता बनाउने कार्य समेत हुने गरेको पाइएकोले सो कार्य भए गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।

नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ विरुद्ध जिल्ला समितिका २६ जना पदाधिकारी तथा सदस्यले कारवाही माग गरेका छन् । उनीहरुले सभापति पार्टीको विधान र विधि विपरीत एकलौटी ढंगले चल्न थालेकोले कारवाहीको माग गरेका हुन् । त्यस्तो माग गर्नेमा जिल्ला उप सभापति नवराज थोकर, सचिव बिनोद कार्की लगायत छन् । कार्यसमितिमा ४७ जना सदस्य मध्ये बहुमतले मोर्चावन्दी गरी केही समय देखि जिल्ला समितिको बैठक बहिष्कार गर्दै आएका थिए । बहुमत पुर्‍याउन नसक्दा काँग्रेसका २ वटा बैठक प्रभावित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लाभित्र ५ मतदान स्थल थप गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । यसअघि रामेछापमा ९२ वटा मतदान केन्द्र २ सय २३ वटा मतदान स्थल रहेका थिए । हाल जिल्लामा मतदाता सख्या बृद्धि भएको र यसअघि रहेको मतदान स्थल सबै मतदातालाई पायक नपर्ने भन्ने गुनसो स्थानिय तहवाट आएपछि मतदान स्थल थप गर्न सिफारीस गरिएको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया