भोजपुर डायरी

भाद्र ९, २०७९

पछिल्लो समय स्नायू र नशाको विकासमा उत्पन्न हुने अटिजम प्रभावित बालबालिकाको संख्या बढ्न थालेको छ । प्राय: मानिसहरुले बौद्धिक अपाङ्गताको रुपमा लिने गरेपनि चिकित्सक तथा विशेषज्ञहरुले अटिजम प्रभावित बालबालिकाको संख्या बढन थालेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को २०२२ को प्रतिवेदन अनुसार प्रत्येक एक सय जनामध्ये एक जना बालबालिकामा अटिजम को प्रभाव देखिएको उल्लेख गरेको छ । नेपालमा अटिजम प्रभावितको तथ्याङ्क यकिन नभएपनि अपाङ्गता सम्बन्धी कार्यरत करुणा फाउण्डेशन नामक गैर सरकारी संस्थाले भोजपुरमा २७ जना बालबालिका अटिजम प्रभावित भएको जनाएको छ । भोजपुरको ९ वटा स्थानीय तहमध्ये ८ वटामा अटिजम प्रभावित व्याक्तिहरुको पहिचान भएको छ । विभिन्न श्रेणीका २ हजार ६ सय ५ जना अपाङ्गता रहेकोमा टेम्केमैंयुङमा ९ जना, षडानन्द नगरपालिकामा ५ जना, अरुण गाउापालिका ३ जना, साल्पा शिलिछोमा २ जना, आमचोक, पौवादुङ्मा र रामप्रशाद राई गाउापालिकामा एक एक जना गरी २७ जना बालबालिकामा अटिजम देखिएको करुणा फाउण्डेशन भोजपुरमा संयोजक जनार्दन सुवेदीले बताउनुभयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य पूरा गरेको छ । प्रतिनिधि सभाको लागिभोजपुर जिल्ला एक मात्र निर्वाचन क्षेत्र हो । भोजपुरमा एक लाख २७ हजार ५ सय ८६ जना मतदाता रहेका छन् । यसमध्ये प्रदेश सभा सदस्यका लागि निर्बाचन क्षेत्र नं १ मा ६६ हजार २ सय ६५ जना र क्षेत्र नं २ मा ६१ हजार ३ सय २१ जना मतदाता छन् । निर्वाचन कार्यालयले भदौ १२ गतेसम्म जिल्लाको ८१ वटा वडामा मतदाता नामावली टाँस गरी सार्वजानिक गर्ने र अध्यावधिक गरेपछि भदौ ३१ गते अन्तिम नामावली प्रकासन गर्ने जिल्ला निर्बाचन अधिकारी टोपलाल भूसालले बताउनुभयो ।

विगतमा दशैं तिहार जस्ता रमाइलो चाडपर्वको बेला गोरेटो, घोडेटो बाटो लगायत सार्वजानिक स्थलहरुसरसफाई तथा मर्मतसम्भारका निम्ति गाउा गाउामा श्रमदान गर्ने चलन थियो । तर हिंजोआज स्थानीय बासिन्दाहरु सरसफाईका निम्ति कुनै पनि सरकारी योजनाको बजेट बिनाश्रमदान गर्न जुटदैनन् । पछिल्लो समय हराउँदै गएको श्रमदान गर्ने संस्कृतिलाई ब्यूाझाउदै यसबर्ष भोजपुरको साल्पा शिलिछो गाउँपालिकाले विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका, वडा लगायत सरकारी कार्यालय, पाटी, पौवा, कुवा, धारा, बाटो लगायत सार्वजानिकस्थलहरु श्रमदानद्वारा सरसफाई तथा मर्मतसम्भार गर्ने तयारी गरेको छ । सरसफाई अभियानमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विधार्थी, स्थानीय बासिन्दाहरु श्रमदान गर्नका निम्ति आहन गरिएको साल्पा शिलिछो गाउापालिका अध्यक्ष दौलथ कुलुङ राईले बताउनुभयो ।

राष्ट्रिय भूमी आयोग, भोजपुर जिल्ला समितिले भूमीहीन दलित, भूमीहीन सुकुम्बासी र अव्यावस्थित बसोबास गर्ने व्याक्तिहरुको आवेदनमाटि छानवीन प्रक्रिया अघि बढाएको छ । अघिल्लो समितिकै पालामा प्राप्त आवेदनहरु र दोश्रो पटक आहन गरिएको सूचना बमोजिम प्राप्त आवेदनहरु छानवीन गरी जग्गाको लालपूर्जा वितरण गर्ने भूमी आयोग भोजपुर जिल्ला समिति अध्यक्ष दिलकुमार राईले बताउनुभयो । भोजपुरमा सबैभन्दा बढी अव्यावस्थित बसोबास गर्ने ९ सय २८ जनाको आवेदन परेको छ । हतुवागढी गाउँपालिकामा ३ सय ७२ जना, आमचोकमा २ सय ८, रामप्रसाद राई गाउँपालिकामा ५३, षडानन्द नगरपालिकामा ४ सय, साल्पा शिलिछोमा ६१, अरुणमा ७२, पौवादुङमामा ६९ र टेम्के मैयुङ ३६ जना गरी १ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । यी आवेदनमाथि छानवीन गर्न प्रत्येक वडामा सहजीकरण समिति गठन गरिएको अध्यक्ष दिलकुमार राईले बताउनुभयो । 


प्रतिक्रिया