धनकुटा डायरी

आश्विन १, २०७९ | धनकुटा

पानीको अत्यधिक स्रोत भएका धनकुटाका अधिकांस कुवा पधेराहरुमा उचित संरक्षण अभाव भएको छ । धनकुटा बजार क्षेत्रमा वितरित कम गुणस्तरको खानेपानी फिल्टर गरेर उमालेर मात्र प्रयोग गर्नु पर्ने अवस्थामा छ । तर, गाउँ वस्तिमा नै पिउन उपयुक्त प्राकृतिक स्रोतका कुवा तथा जरुवा संरक्षणमा सम्बन्धित निकायको चासो नगएको स्थानीयको गुनासो छ ।

भारतीय एक्जिम बैंकको लगानीमा धनकुटा बहुमुखि क्याम्पसको भौतिक संरचना निर्माण हुने भएको छ । बैंकले ८ करोडको लगानीमा नयाा भवन तथा संरचना निर्माण गर्न लागेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिनुभयो । क्याम्पसको प्रशासनिक भवन सहित कक्षा कोठा, छात्रावास र पुस्तकालय सहितका नयाा संरचना निर्माण गरिने जनाइएको छ ।

हुसाडेक नेपालले सञ्चालन गर्दै आएको सबैका लागि पढाई कार्यक्रम प्रभावकारी बन्दै गएको छ । धनकुटा लगायत विभिन्न दश जिल्लाका विद्यालयका १ देखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिका लागि सो कार्यक्रम सञ्चालन गरिएको हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो । कार्यक्रमबाट हेराई सुनाई सारिरिक र मनोसामाजिक समस्या भएका बालबालिका लागि पढाइमा सुधार आएको अध्यक्ष भुजेलको भनाई छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौट गरी विदाई गरीएको छ । फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, टेबलटेनिस, कराँते, उसु, तेक्वान्दो, बक्सिङ, कब्बडी, हाइटेक, बुद्धिचाल, पौडि लगायत १५ खेलका खेलाडिहरु छनौट भएको जिल्ला खेलकुद विकास समिति स्रोतले जनाएको छ । पुरुष १२८ र महिला ८९ गरी २ सय १७ जना खेलाडीहरु छनौट गरीएको जनाइएको छ । 


प्रतिक्रिया