रुकुम डायरी

पुस २, २०७९ | रुकुम

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले ५ महिनाको अवधिमा झण्डै ३० लाख राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेदेखि मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा गाउँपालिकाले २९ लाख ९२ हजार २ सय २३ रुपौया राजस्व संकलन गरेको हो । यस अवधिमा सबै भन्दा बढी ९ लाख १६ हजार ५५ रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

मुसीकोट नगरपालिकाले सदरमुकाम खंलगामा सोलार सडक बत्ती जडानको काम सुरु गरेको छ । सडक उज्यालो कार्यक्रम अन्तरगत सदरमुकाका विभिन्न ठाउँमा सोलार सडक बत्ती जडानको काम सुरु भएको हो । बत्ती जडानको लागि पोल गाड्ने काम सुरु भएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । बागबजारदेखि पातुखोला राप्ती राजमार्गको आसपास, तल्लो वजार लगायत ठाउँमा ४० वटा बत्ती जडान हुने नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङमा अवस्थित जनजागृति आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ । चिसोबाट जोगाउन १८ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको हो । विद्यालयमा पुगेर विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको कर्म ˆलाइट्सका जिल्ला प्रतिनिधि कर्मसही घर्तीले जानकारी दिनुभयो । कर्म ˆलाइट्सले रुकुम पूर्वमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । 


प्रतिक्रिया