ओखलढुंगा डायरी

पुस २१, २०७९

ओखलढुंगा र रामेछापको सीमानामा रहेको लिखु नदीबाट उत्पादित २८ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना (लिखु थर्ड) ले अधिकतम पानी सुरुङमार्गबाट कटाएर लगेपछि किसान मारमा परेका छन् । ओखलढुंगा तर्फ पर्ने लिखु गाउापालिकाको ४, ५, ९ र ८ वडाका सयौं किसानका खेतहरु बााझोमा परिणत भएका हुन् । गत असोजदेखि सञ्चालनमा आएको विद्युत आयोजनाले हिउाद लागेसागै अधिकतम पानी कटौति गरेपछि लिखु नदीबाट सिंचाई गरिएका कूलोहरु सबै बन्द भएका हुन् । कम्तिमा १० प्रतिशत पानी विद्युत आयोजनाले नदीमा छोड्नुपर्ने व्यवस्था भएपनि नछोडेर सबै पानी ड्यामबाट लगेको स्थानीयको आरोप छ ।

चिशंखुगढी गाउँपालिकाले अन्तरपालिका स्तरीय दोस्रो खुला पुरुष भलिबल प्रतियोगिता आगामी फागुन १ गतेबाट गर्ने भएको छ । ‘अध्यक्ष कप’ नामाकरण गरिएको सो प्रतियोगिता २०७६ सालबाट शुरु भएको थियो । कोरोना संक्रमणका कारण रोकिएको प्रतियोगिताको दोस्रो संस्करण फागुन १ बाट शुरु हुने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । चिशंखुगढी गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा देशभरका स्थानीय तहका टिम सहभागी हुन पाउने तथा विभागीय टिम भने सहभागी हुन नपाउने जनाएको छ । प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५, उप विजेताले १ लाख ११ हजार १ सय ११ र तेस्रो स्थान हासिल गर्ने टिमले ७७ हजार ७ सय ७७ नगर पुरस्कार पाउने छन् । त्यस्तै सान्त्वना पुरस्कार ३३ हजार ३ सय ३३ तथा शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

स्थानीय तहहरुले जग्गाको वर्गीकरण नगर्दा जिल्ला मालपोत कार्यालयमा जग्गा किनबेच गर्ने र नापीमा कित्ताकाट गर्न समस्या भएको छ । अंशवण्डा भएर छुट्टिएका दाजुभाईले समेत कित्ताकाट गरेर अंशमा परेको जग्गा आफ्नो नाममा पास गराउन पाएका छैनन् । स्थानीय तहमा भएको भूउपयोग परिषदले जग्गा वर्गीकरणको काम ढिलाई गर्दा यस्तो समस्या भएको हो । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमी ऐन २०७६ र भुउपयोग नियमावली २०७९ जारी गरेसँगै जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न नपाइने व्यवस्था लागु गर्‍यो । तर ओखलढुंगाका स्थानीय तहले भूउपयोग परिषद् गठन गरि जग्गा वर्गीकरणको काममा ढिलासुस्ती गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ महिनामा ९ वटा बलात्कारसाग सम्बन्धि घटनाका उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको मंसिरसम्म ९ वटा बलात्कार जन्य घटनाका उजुरी दर्ता भएका हुन् । जसमध्ये जवरजस्ती करणी ६ वटा, जवरजस्ती करणी उद्योग २ वटा र बालयौन दुरुप्रयोग १ वटा रहेका छन् । उजुरी मध्ये सबैभन्दा धेरै जवरजस्ती करणीका ६ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक केशव अधिकारीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा बलात्कार जन्य घटनामा केही कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया