बाँके डायरी

बाँकेस्थित नेपालगञ्ज विमानस्थल  तस्बिर: नविन कोइराला, रेडियो कान्तिपुर

माघ १५, २०७९ | नेपालगन्ज

नेपालगन्ज विमानस्थलमा आठ महिना अघि कार्गो जाँचका लागि ल्याएइको एक्स–रे मेसिन जडान नहुँदा बिग्रिएको छ । कर्णाली र सुदूरपश्चिका पाँच जिल्लामा उडान हुने नेपालगन्ज विमानस्थलबाट सागपात, मासु, चिनी, चामल, फलाम लगायतका समान जहाज मार्फत ढुवानी हुने गरेको छ । सुरक्षाका दृष्टिकोणले संवेदनशील र व्यस्त यो विमानस्थलमा कार्गो चेकजाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरेको पाइएको छ । यात्रुहरुका सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एउटा एक्स–रे मेसिन छ । नेपालगन्ज विमानस्थलबाट दैनिक ५० देखि ६० वटा हवाई उडान हुँदै आएका छन् ।

बाँकेको राप्ती सोनारीमा सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन हुने भएको छ । यहीँ माघ २० देखि २२ गते सम्म हुने सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा हुन लागेको हो । सम्मेलानमा थारु साहित्यबारे विमर्श, विभिन्न रचना वाचन, थारु भाषाको पुस्तकको प्रदर्शनी हुने थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताउनुभयो । थारु साहित्यको अनुसन्धान, राप्ती सोनारीको विकासका लागि प्राथमिकता, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा बरघरको भूमिका, थारु साहित्यमा युवा लगायतका विषयमा छलफल हुने दहितको भनाई छ । सोही सम्मेलनमा सिकलसेल एनिमियाको कहर ः जनस्वास्थ्यमा प्रतिकुल असरबारे पनि छलफल हुनेछ । सम्मेलनमा करिब ३ सय जनाको सहभागी हुने आयोजक थारु लेखक संघ नेपाल र थारु गोचाली समाज नेपालले जनाएको छ ।

जिल्लाको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा नेपालगन्जको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘महाआरती’ हुने भएको छ । धार्मिक पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ महाआरती सुरु हुन लागेको हो । नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा नाट्टा बाँकेको प्रयासमा बागेश्वरीमा महाआरती सुरु गरिएको हो ।

कैलाश मानसरोबरको दूरदर्शनका लागि पहिलो पटक नेपालगन्जबाट माउन्टेन फ्लाइट सुरु भएको छ । नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिसनको अवसरमा चीनमा रहेको कैलाश मानसरोबरको दूरदर्शनका लागि माउन्टेन फ्लाइट सुरु गरिएको हो । आजदेखि माघ १७ गतेसम्म नेपालगन्जमा हुने मार्टमा पर्यटन व्यवसायीको व्यवसायिक विकास, विस्तारका विषयमा छलफल हुने आयोजकले जनाएको छ । पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट हुँदै आएको छ । 


प्रतिक्रिया