ताप्लेजुङ डायरी

चैत्र ४, २०७९ | ताप्लेजुङ

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका विद्यार्थीहरुकालागि व्यक्तिगत सरसफाई अभियान सञ्चालन गरिएको छ । एक्सन फर नेपालले वडामै एक जना स्वास्थ्य अधिकृत राखेर वडा भिक्रका सबै ८ वटा विद्यालयका बालबालिकालाई व्यत्तिगत सरसफाई सम्बन्धि अभियान चलाएको हो । एक्सन फरले गरेको सर्भेक्षणले विद्यालय जाने उमेर समुहका ३५ प्रतिशतले मात्रै सरसफाईमा ध्यान दिएको पाइएको छ ।

पुस मसान्तयता ताप्लेजुङमा आगलागीबाट १० वटा घरहरु जलेका छन । जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार जिल्लाको फुङलिङ नगरपालिकासहित सिदिङवा, मेरिङदेन र फक्ताङलुङ गाउँपालिकामा आगलागिका घटना भएका छन् । ताप्लेजुङ आगलागीको उच्च जोखिममा रहेको र हावाहुरीको सिजन भएकाले थप साबधानी अपनाउन सारोकारवाला निकायले आग्रह गरेका छन् ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रको मुल्यांकनमा ताप्लेजुङको रानी आधारभुत विद्यालय यो वर्ष पनि उत्कृष्ट विद्यालयको सूचीमा परेको छ । फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका विद्यालयमा सञ्चालित कार्यक्रममा यो विद्यालय पाँच वर्षयता उत्कृष्टको सूचीमा पर्दै आएको छ । विद्यालयलाई लाई पहिलो कञ्चनजंघा हिमालका आरोही जर्जबेण्डले स्थापना गरेको हिमालयन ट्रष्ट युकेले ५० हजार नगदसहित सम्मान गर्दै आएको छ ।

यो वर्ष ताप्लेजुङमा आलौंचीको तुलनामा चिराइतोले राम्रो मूल्य पाएको छ । अलैचीं प्रतिकिलो आठ सय रुपैयाँमा विक्रि वितरण हुँदा चिराइतोको मूल्य एक हजार रुपैयाँ कायम भएको छ । जिल्लामा उत्पादन हुने दुवै जडिबुटि जन्य वस्तु भारतमा निर्यात हुने गरेको छ । विभिन्न प्रकारका औषधि बनाउनका लागि यी वस्तुको प्रयोग हुने गरेको छ । 


प्रतिक्रिया