नेप्से घट्यो, एक अर्ब बढीको कारोबार

पुस २९, २०७६ | काठमाडौं

लगातार दुई दिन उकालो लागेको धितोपत्र बजारमा आज भने गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ७ दशमलव ४८ अंकले घटेर १ हजार २ सय ६३ दशमलव ३८ बिन्दुमा पुगेको छ । 

नेप्से ओरालोसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ४४ करोड रुपैयाँले घटेको छ । १५ अंकले उकालो लागेको नेप्सेमा हिजो १ अर्ब ७० करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका व्यापार, होटल, विकास बैंक, वित्त र अन्य बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबै भन्दा बढी व्यापार कम्पनी समूहको उपसूचक ६५ दशमलव ७ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ८३ कम्पनीका ११ हजार ३ सय १० कारोबारबाट ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब २६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।  


प्रतिक्रिया