नेपाल–भारतबीच आजबाट नियमित उडान सुरु

पुस २, २०७७ | काठमाडौं

नेपाल–भारतबीच आजबाट नियमित उडान सुरु भएको छ । कोरोना संक्रमणका कारण करीब नौ महिनापछि काठमाडौं–नयाँ दिल्ली उडान पुन: सञ्चालनमा आएको हो । 

नेपाल वायुसेवा निगमको न्यारोबडी ए ३२० जहाज काठमाडौंबाट १ सय ४१ यात्रु लिएर बिहान दिल्ली उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजै दिउँसो सो जहाज काठमाडौं फर्किएको छ ।

नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहबर्धक रहेको र देल्ली गन्तव्यमा आगामी दिनमा विगतमा झैं प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले बताउनुभयो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र भारतको एयर इन्डियाले दैनिक काठमाडौ–नयाँ दिल्ली उडान गर्नेछन् । 


प्रतिक्रिया