कोभिड प्रभावित बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम

पुस ३, २०७७ | जनकपुर

वैदेशिक रोजगारबाट फर्केका तथा कोभिड १९ बाट प्रभावित ५० जना युवालाई आत्मनिर्भर बनाउन जनकपुरमा तीन महिने प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै गरी खान चाहाने, सीमान्तकृत, दलित, पिछडिएको वर्ग तथा महिलालाई बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम दिइएको हो । वैदेशिक रोजगारमा नगई स्वदेशमै केही गर्न चाहने र व्यवसाय गर्न आवश्यक पूँजीको अभाव हुने युवालाई सीप दिएर आत्मनिर्भर बनाउने प्रशिक्षण कार्यक्रमको मुख्य उद्धेश्य रहेको आसमान नेपाल, सबैला नगरपालिकाका संयोजक सुरेश यादवले बताउनुभयो ।

असोज पहिलो सातादेखि सुरु भएको तालिम पुस एक गते सम्पन्न भएको हो । बेमौसमी तरकारी खेती र हाउस वाइरिङ सिकाउन ३९० घण्टाको कक्षा सञ्चालन गरिएको थियो । बेमौसमी तरकारी खेतीका लागि तालिम लिएका सबै जसो सहभागीले व्यवसायिक तरकारी खेती सुरु गरिसकेका छन् ।

धनुषाका दुई र सिरहा तथा महोत्तरीका ५० जना युवालाई आसमान नेपालले सो प्रशिक्षण दिएको हो । 


प्रतिक्रिया