नेप्से करीब १ सय अंकले घट्यो, ८ अर्बको कारोबार

माघ १०, २०७८ | काठमाडौं

कारोबारको दोस्रो दिन आज धितोपत्र बजारमा उच्च अंकले गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ९९ दशमलव ८६ अंकले घटेर २ हजार ८ सय २० दशमलव ६५ बिन्दुमा पुगेको छ । 

यो अघिल्लो दिनको तुलनामा ३ दशमलव ४२ प्रतिशतले बढी हो । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा उल्लेख्य सुधार देखिएको छ । कारोबारको पहिलो दिन दोहोरो अंकले घटेको नेप्सेमा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कुल २ सय २८ कम्पनीका १ लाख १३ हजार कारोबारबाट एक करोड ७० लाख ६३ हजार कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेमा आज कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । सबै भन्दा बढी जीवन बीमाको ५६९, निर्जीवन बीमाको ५ सय ६, विकास बैंकको २३४ अंकले घटेको छ ।

बैंकिङ ५४, फाइनान्स ११०, होटल तथा पर्यटन १०७, जलविद्युत १५४, लगानी ३, उत्पादन २४४, लघुवित्त १८३, अन्य ८४ र व्यापार उपसमूह ११३ अंकले घटेको छ ।


प्रतिक्रिया