वीरगन्जका भन्सारले राजश्व असुलीको लक्ष्य भेट्टाउन सकेनन्

फाईल फोटो  

माघ २, २०७९

बिलासिताका वस्तुहरुको आयात सरकारले खुल्ला गरी सक्दा पनि वीरगन्जका दुबै भन्सारको राजश्व असूलीमा अझै सकारात्मक प्रभाव देखिएको छैन । सवारी साधन, मदिरा, मोबाइल जस्ता राजश्वमा योगदान गर्ने वस्तुहरुको आयातमा संघिय सरकारले आफैले लगाएको रोक गत महिना फुकुवा गरी सक्दा पनि वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले मासिक राजश्व असूली लक्ष्य भेट्टाउनै सकेका छैनन् । दुबै मासिक राजश्व असूली घटदै गएर अब लक्ष्यको ५५ देखि ६० प्रतिशत हाराहारीमा खुम्चिएको छ । 

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पुस महिनामा लक्ष्यको ५६ दशमलव ९३ प्रतिशत मात्र राजश्व असूली गरेको छ । यो भन्सारले पुस महिनामा ५ अर्ब ८३ करोड ७५ लाख ५१ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएकोमा ३ अर्ब ३२ करोड ३५ लाख ५१ हजार रुपैयाँ मात्र राजश्व असूली गर्न सक्यो । उता वीरगन्ज भन्सार कार्यालयको राजश्व असूली पनि निराशाजनक छ । पुस महिनामा यो भन्सारले लक्ष्यको ५७ दशमलव २ प्रतिशत मात्र राजश्व संकलन गर्न सक्यो । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले समग्रमै आयात घटेको अवस्था रहेकाले राजश्व असुलीको लक्ष्य भेट्टाउन समस्या भएको बताउनुभयो ।


प्रतिक्रिया