दुई महिनामा ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात

आश्विन ११, २०८० | काठमाडौं
चालु आर्थिक वर्षको दुई महिनामा नेपालले ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार सो रकम बराबरको ६ सय ७८ किलो यार्सागुम्बा निर्यात भएको हो । गतवर्ष सो समयावधिमा ३ सय १४ केजी यार्सागुम्बा निर्यात हुँदा १९ करोड १७ लाख रुपैयाँ आम्दानी भएको थियो ।