११ महिनामा २६ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात

असार १३, २०८१ | काठमाडौं

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २६ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १७ लाख १० हजार १ सय ३५ वटा स्मार्टफोन आयात भएको हो । सरकारले स्मार्टफोन आयात गरेबापत ४ अर्ब ९० करोड ३८ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ ।

नेपालमा ६१ वटा देशबाट स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ । सबैभन्दा बढी चीनबाट १७ अर्ब २७ करोड ५२ लाख रुपैयाँ बराबरको १२ लाख ३७ हजार ९ सय ६० वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांक छ ।

भारतबाट ८ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ६७ हजार २ सय २४ वटा स्मार्टफोन आयात गरिएको छ । अमेरिकाबाट ८ करोड ४४ लाख रुपैयाँ बराबरको ९०५ वटा, जापानबाट ६ करोड ६६ लाख रुपैयाँ बराबरको ८ सय ८७ वटा स्मार्टफोन आयात गरिएको छ ।  


प्रतिक्रिया