गण्डकी प्रदेशमा फणीन्द्र देवकोटा पुनःऊर्जामन्त्रीमा नियुक्त

असार १६, २०८१ | काठमाडौं

नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेशसभामा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सांसद पदमा पुर्नवहाली भएपछि मन्त्री भएका देवकोटाले आजै सपथ ग्रहण समेत गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि कै मन्त्रालयमा पुनः नियुक्त गर्नुभएको हो ।

गएको जेठ २८ मा माओवादी पार्टीको व्हीप विपरित सांसद देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिनुभएको थियो । त्यसको भोलिपल्ट उहाँ ऊर्जा मन्त्री नियुक्त हुनुभएको थियो ।

पार्टीको निर्णयको अवज्ञा गरेको भन्दै माओवादी चुनाव चिन्हबाट विजयी हुनुभएका सांसद देवकोटालाई माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

तर अदालतले देवकोटामाथि भएको कारवाही असंवैधानिक भएको फैसला गरेको थियो ।  


प्रतिक्रिया