बिमा सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

फाइल फोटो  

असार १६, २०८१ | काठमाडौं

बिमा सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । 

नेपाल बिमा प्राधिकरणले एक परिपत्र जारी गर्दै आगामी माघ देखि लागू हुने गरी राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न बिमा कम्पनीलाई निर्देशन समेत दिएको छ ।

 सो अनुसार माघदेखि बिमा गर्ने व्यक्तिले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर पेस गर्नुपर्नेछ ।

सरकारले गत १० असारमा राजपत्र प्रकाशन गर्दै जिल्ला र सेवाअनुसार १ साउन र १ माघदेखि २ चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यसमा बैंकिङ तथा वित्तीय सेवा प्रवाहमा भने माघबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।

त्यसकै आधारमा प्राधिकरणले बिमा कम्पनीलाई आवश्यक तयारी गर्न निर्देशन दिएको हो । यो नेपाली नागरिकको हकमा मात्रै लागू हुनेछ । तर बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय र ९० वर्षमाथिका जेष्ठ नागरिकको हकमा परिचयपत्र नभएतापनि तोकिएको सेवा लिन बाध्य हुने छैन् ।


प्रतिक्रिया