खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

असार १७, २०७४ | खोटाङ

 

खोटाङको लामीडाँडा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार लीला निरौला विजयी हुनु भएको छ । उहाँले १ हजार ९ सय ९ मत प्राप्त गरी प्रमुखमा विजयी हुनु भएको हो ।  उहाँका प्रतिद्वन्द्वी कांग्रेसका जनक कार्कीले १ हजार ५ सय ७५ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा एमालेकै समला राईले जित हात पार्नुभएको छ ।  

यस्तै साकेला गाउँपालिका प्रमुखमा माओवादी उम्मेदवार अर्जुन खड्का विजयी हुनु भएको छ । उहाँले १ हजार २० मत प्राप्त गरी प्रमुखमा विजयी हासिल गर्नु भएको हो । उहाँका  प्रतिद्वन्द्वी कांग्रेसका इच्छुराम रानाले ९ सय ८५ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा कांग्रेसकी सरिता राईले विजय हासिल गर्नु भएको छ । उहाँले १ हजार २ सय २२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी विर्सिका राईले १ हजार १ सय ३० मत प्राप्त गर्नु भएको छ ।  


प्रतिक्रिया