दिप्रुङ गाउँपालिकामा कांग्रेस विजयी

असार १७, २०७४ | खोटाङ

खोटाङको दिप्रुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भूपेन्द्र राई २ हजार ८ सय ६२ मत सहित विजयी हुनुभयो भने प्रतिद्वन्द्वी एमालेका अर्जुन रोकाले १ हजार ७ सय ६२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि कांग्रेसकै सपना राई २ हजार २ सय २२ मत सहित विजयी हुनु भएको छ । उहाँकी प्रतिद्धन्द्धी एमालेकी अम्बिका राईले १ हजार ९ सय ३१ मत प्राप्त गर्नु भएको छ । 

 


प्रतिक्रिया