डेलविस ,राज र सम्राज्ञी एउटै म्यूजिक भिडियोमा

आश्विन ८, २०७८ | काठमाडौं

नेपाली चलचित्रकी स्टार अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ कलाकार डेलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग देखिने भएकी छन् । म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र डेलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग स्क्रिन सेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्यूजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।

 चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शव्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ । गीतमा कोरियोग्राफी माईकल चन्दको रहेको छ । गीतको भिडियोको छायााकन काठमाडौाका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । 

भिडियोलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यु—ट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच भएको सम्झाता पश्चात छोटो प्रतिक्रिया दिँदै अभिनेत्री शाहले गीत र म्यूजिक भिडियोमा प्रयोग गरिने नयाँ पन मन परेको बताएकी छन् ।


प्रतिक्रिया