भारतले सबै अन्तर्राष्ट्रिय उडान खुलायो

चैत्र १३, २०७८ | नयाँ दिल्ली

भारतले कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि बन्द रहेको व्यवसायिक अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा खुला गरेको छ । भारतीय एयरपोर्ट अगोरिटीले २७ मार्च आइतबारबाट सबै अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिएको छ । 

अब अन्तर्राष्ट्रिय उडानहरु कोराना पूर्वको अवस्था जस्तै नियमित हुनेछन् । भारतले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुलाएसँगै निजी कम्पनीका विमान कम्पनीहरुले भारतका विभिन्न शहरबाट टिकटको बुकिङ तथा उडान थालेको छ । 

कोरोना बढेसँगै सन २०२० को मार्च २३ बाट भारतले अन्तर्राष्ट्रिय उडान परिचालनमा कडाइ गरेको थियो । त्यसयता एयर बबल सम्झौता भएका देशहरुसँग मात्रै निश्चित संख्यामा उडान हुँदै आएको थियो । 

अब विमानका कर्मचारीले पीपीई किट लाउन नपर्ने समेत व्यवस्था गरिएको छ । नयाँ निर्देशनमा विमानका सबै सिटमा यात्रु राख्न पाइने भनिएको छ । दिल्ली एयरपोर्टबाट अब ६० भन्दा बढी विदेशी शहरहरुसँगको ‘कनेक्टिभिटी’ सुरु हुने जनाएको छ । 


प्रतिक्रिया