फिनल्याण्ड बन्यो उत्तर एटलान्टिक सन्धी संगठन नेटोकोको सदस्य

चैत्र १७, २०७९ | काठमाडौं

फिनल्याण्डले उत्तर एटलान्टिक सन्धी संगठन नेटोको औपचारिक सदस्यता प्राप्त गरेको छ । टर्कीको संसदले फिनल्याण्डको प्रस्ताव स्वीकार गरेपछि औपचारिक सदस्यताको बाटो खुलेको हो ।

फिनल्याण्डले टर्कीविरुद्ध शसस्त्र क्रियाकलाप गर्ने समूहलाई शरण दिएको भन्दै उसको नेटो सदस्यताको विपक्षमा उभिएको अंकाराले सो निर्णय गरेको हो । टर्कीकै बाधाका कारण स्विडेनको प्रस्ताव हालसम्म स्वीकृत हुन सकेको छैन ।

नेटोको नयाँ सदस्यता लिनका लागि उसका सबै सदस्य राष्ट्रले सहमति जनाउनुपर्ने प्रावधान छ । आगामी जुलाइमा लिथुआनियामा हुने नेटाको सम्मेलनमा फिनल्याण्डले सदस्यका रुपमा सहभागिता जनाउन पाउने भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले टर्कीको सुरक्षाका निम्ति फिनल्याण्डले विश्वसनिय कदम चालेको उबताउनुभएको छ । एर्दोगानले स्विडेनको प्रस्तावबारे टर्कीको अडानमा परिवर्तन नआएको संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।


प्रतिक्रिया