युक्रेनसंग वार्ता गर्न चीनलाई स्पेनको आग्रह

चैत्र १८, २०७९

रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसँग वार्ता गर्न स्पेनले चीनलाई आग्रह गरेको छ । चीन भ्रमणका क्रममा संचारकर्मीसंगको भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सानचेजले राष्ट्रपति सीलाई सो आग्रह गर्नुभएको हो । युक्रेनको प्राथमिकता बुझेर युद्ध अन्त्य गर्न सकिनेबारे छलफल आवश्यक रहेको स्पेनका प्रधानमन्त्री सानचेजले बताउनुभएको अलजजिराले जनाएको छ ।

रुसले सन् २०१४मा आफ्नो मुलुकमा गाभेको क्राइमिया फिर्ता गर्नुपर्ने युक्रेनको माग छ । सो मागलाई स्पेनले समर्थन गरेको व्यहोरा राष्ट्रपति सीलाई जानकारी गराइएको समेत प्रधानमन्त्री सान्चेजले बताउनुभएको छ ।

चीनले गत महिना रुस युक्रेन युद्धविरामको प्रस्ताव सहित १२ बुंदे एजेण्डा जारी गरेको थियो । सो एजेण्डा प्रति ईयुका केही अधिकारीले समर्थन जनाएका थिएनन् । गत वर्ष फेबु्रअरी २४ देखि रुस–युक्रेन युद्ध जारी छ ।  


प्रतिक्रिया