१२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारतमा

वैशाख २१, २०८० | नयाँ दिल्ली

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारी भारत पुग्नु भएको छ । गोवामा आयोजित संघाई सहयोग संगठन (एससीओ) को विदेशमन्त्री स्तरीय दुई दिने सम्मेलनमा भाग लिन पाकिस्तानका विदेशमन्त्री जरदारी पुग्नु भएको हो । सम्मेलन मे ४ र ५ मा सम्मेलन हुँदैछ । भारत र पाकिस्तानबीच लामो समयदेखि तनावपूर्ण स्थिति छ । पाकिस्तानबाट १२ वर्षपछि त्यहाँको विदेशमन्त्री भारत पुग्नु भएको हो ।

२०१४ मा पाकिस्तानका तात्कालीन प्रधानमन्त्री नवाज सरिफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन दिल्ली पुग्नु भएको थियो । त्यसयता पहिलो पटक आज पाकिस्तानबाट उच्च राजनीतिक भ्रमणमा भएको हो ।

एससीओको बैठकमा भाग लिन चीन तथा रुस जस्ता शक्तिशाली मुलुकका विदेश मन्त्रीहरु पनि गोवा पुगेका छन् । भारतले अहिले एससीओको अध्यक्षता गरिरहेको छ । एससीओको गठन १५ जुन २०११ मा भएको थियो । यसको पहलकद्मी चीन र रुसले गरेका थिए । 


प्रतिक्रिया