पाकिस्तानी पूर्वप्रधानमन्त्री खानमाथि गम्भिर राजनितिक धक्का

जेष्ठ ११, २०८० | काठमाडौं

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई गम्भिर राजनितिक धक्का लागेको छ । खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पिटिआइका वरिष्ठ उपाध्यक्ष र महासचिवले पार्टी छाड्ने घोषणा गरेका छन । 

पिटिआइका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले ट्विट गर्दै खान र पार्टी दुवैबाट टाढिने निर्णय गरेको बताउनुभएको छ । राजनितिबाट केही समय टाढा हुने निर्णय गरेकाले पार्टीको पद र खानसंगको सम्बन्ध तोडेको वरिष्ठ उपाध्यक्ष चौधरीले उल्लेख गर्नुभएको छ ।

पार्टीका महासचिव असद उमरले पनि पार्टीको नेतृत्वबाट हट्ने घोषणा गर्नुभएको छ । पार्टीको साधारण सदस्य भने कायमै रहने उमरले स्पष्ट पार्नुभएको छ ।

उमरलाई सरकारले यसअघी विभिन्न मुद्धामा पक्राउ गरी दुई साता थुनामा राखेको थियो । चौधरी र उमर सहित पिटिआइका केन्द्रीय कमिटिका २४ जना सदस्यले राजिनामा दिएका छन् । विभिन्न शक्तिको धम्किका कारण आफ्ना पदाधिकारी सहित अधिकांश सदस्यले पार्टी छाड्ने निर्णय गरेको पूर्व प्रधानमन्त्री खानले बताउनुभएको छ । 


प्रतिक्रिया