भारतमा संसद भवन शिलान्यासको विषयमा राजनितिक विवाद

जेष्ठ १२, २०८० | काठमाडौं

भारतमा संसद भवन शिलान्यास कार्यक्रमको विषयमा राजनितिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गर्ने भनिएको सो कार्यक्रमको विभिन्न १९ राजनीतिक दललले बहिस्कार गर्ने घोषणा गरेका छन् । नवनिर्मित संसद भवन राष्ट्रपतिबाट उद्घाटन हुनुपर्ने विपक्षीको माग छ ।

मुख्य विपक्षी दल कंग्रेस सहित १९ दलले सामुहीक रुपमा उद्धघाटन कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री मोदीले लोकतन्त्र र संविधानमाथी नै प्रहार गरिरहेको विपक्षी दलको आरोप छ ।

भारतीय गृहमन्त्री अमित शाहले नयाँ संसद भवनको उद्घाटनको विषयमा अनावश्यक राजनिति नगर्न आग्रह गर्नुभएको छ । सो भवनको शिलान्यास कार्यक्रमको पनि विपक्षीले दलले बहिष्कार गरेका थिए ।


प्रतिक्रिया