पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई विदेश भ्रमणमा प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १२, २०८०

पाकिस्तानको सरकारले पूर्व प्रधानमन्त्री इमरान खानलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको छ । अध्यागमन र सीमा नियन्त्रण संघीय अनुसन्धान एजेन्सी FIA ाक्ष्ब् ले खानसँगै उहाँकी श्रीमतीको नाम उडान प्रतिबन्धको सूचीमा राखेको FIA का अधिकारीलाई उद्धृत गदै अलजजिराले जनाएको छ ।

खानकी श्रीमती बुशरा बीबी सहित पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई पार्टीका ५ सय भन्दा बढी नेता र सदस्यहरुको नाम पनि उडान प्रतिबन्धको सूचीमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 


प्रतिक्रिया