रुसद्धारा युक्रेनको स्वास्थ्य संस्था लक्षित आक्रमण

जेष्ठ १३, २०८० | काठमाडौं

रुसले युक्रेनको स्वास्थ्य संस्था लक्षित आत्रमण गरेको छ । युक्रेनको पश्चिमी क्षेत्र दिनीप्रोमा रहेको एक स्वाास्थ्य संस्थामा रुसले गरेको क्षेप्यास्क्र आत्रमणबाट कम्तिमा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइते हुनेमा दुई बालक समेत रहेको दिनीप्रोका प्रमुखलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

रुसको पछिल्लो आक्रमण आफ्नो मुलुक माथिको अत्याचार भएको युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएको छ । फछिल्लो समय रुसले युक्रेनविरुद्धको आत्रमण तीव्र पारेको छ । रुसी सेनाविरुद्धको युक्रेनको जवाफी कारबाही कमजोर बनेको बिबिसीले जनाएको छ । रुसको क्षेप्यास्क्र आत्रमणबाट ध्वस्त भएको स्वास्थ्य संस्थाको भिडियो फुटेज राष्ट्रपति जेलेन्सकीले सार्वजनिक गर्नुभएको हो ।  


प्रतिक्रिया