उडिरहेको विमानको ढोका खोल्दा

जेष्ठ १३, २०८० | काठमाडौं

दक्षिण कोरियामा अवतरण गर्न लागिएको विमानको आपत्कालिन ढोका खोलेको आरोपमा ३० बर्षीय युवक पक्राउ परेका छन् । १ सय ९४ जना यात्रु सवार एसियाना एअरलाइन्सको विमानको आपत्कालिन ढोका ती युवाले विमान जमिनबाट २ सय ५० मिटरमाथि हुँदा खोलेका थिए । त्यसपछि विमानलाई सुरक्षित अवतरण गरिएको थियो ।

विमानका यात्रुहरुका अनुसार ती युवकले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास समेत गरेका थिए । कोरियाली सञ्चारमाध्यमका अनुसार ढोका खुलेपछि विमानमा भएका केही यात्रु बेहोस भएका थिए । युवकले विमानको ढोका खोल्नुको कारण के हो भन्ने अझै पत्ता लाग्न नसकेको कोरियाली अधिकारीहरुले बताएका छन् । 


प्रतिक्रिया