रुसमा शिक्षा तथा सांस्कृतिक क्षेत्रमा कार्यरत सयौं जर्मनलाई देश निकाला

जेष्ठ १४, २०८० | काठमाडौं

रुसले मुलुक भित्र शिक्षा तथा सांस्कृतिक क्षेत्रमा कार्यरत सयौं जर्मनहरुलाई देश निकाला गरेको छ । अर्को महिना सम्ममा मुलुक छाड्न रुसले सुचना दिएको जर्मनीको विदेशमन्त्रालयले जनाएको छ ।

रुसले मुलुक भित्र कार्यरत जर्मनीका नागरिकको संख्या नियन्त्रण गर्ने निर्णय सँगै जुन महिनाबाट बाहिरिन सूचना दिएको उल्लेख गरेको छ । मस्कोस्थित जर्मन स्कुल र भाषा सम्बन्धि निकायका कर्मचारी हटाउने क्रेमलिनले सूचना जारी गरेको हो ।

गत महिना मात्रै रुस र जर्मनी दुवैले एक अर्काको दुतावासमा कार्यरत ४० जना कर्मचारीलाई निलम्बन गर्ने निर्णय गरेका थिए । रुसमा न्युन संख्यामा कुटनीतिक उपस्थिति कायम गर्ने निर्णय गरेको जर्मनीको विदेशमन्त्रालयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

युक्रेनमाथि रुसले हस्तक्षेप गरेदेखि नै युरोपियन युनियन राष्ट्रहरुले रुसी कुटनितिज्ञहरुलाई फिर्ता पठाउंदै आएका छन् । सन् २०२२ मा इयू राष्ट्रहरुले ४० जना रुसी कुटनितिज्ञलाई जासुसीको आरोप लगाउंदै सम्बन्धित देशबाट फिर्ता पठाएका थियो । 


प्रतिक्रिया