भारतमा नयाँ संसद भवनको उद्धघाटन, २० दलको बहिष्कार

जेष्ठ १४, २०८० | काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी राजनीतिक दलको बहिष्कारकाबीच नवनिर्मित संसद भवनको उद्घाटन गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी कंग्रेस सहितका २० वटा दलले संसद भवनको उद्धघाटन राष्ट्रपति द्रौपति मूर्मूले गर्नुपर्ने अडानसहित मोदीको समारोहको सामूहिक रुपमा बहिष्कार गरेका थिए ।

केन्द्रिय राजधानी दिल्लीमा बनेको नयाँ संसद भवनको विहान उद्धघाटन गर्दै प्रधानमन्त्री मोदीले सङ्गोल भनिने ऐतिहासिक महत्वको सुनको राजदण्ड स्थापना समेत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा विपक्षी दलहरुले मोदी नेतृत्वको वर्तमान सरकारलाई विभाजनकारी भएको भन्दै आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री उपस्थित भएको समारोह बहिष्कार गर्नुलाई सत्तारुढ भारतीय जनता पार्टी भाजपाले लोकतन्त्रको अपमान भएको संज्ञा दिएको छ । 


प्रतिक्रिया