विमानको आपत्कालीन ढोकाको सिटमा यात्रु नराखिने

जेष्ठ १४, २०८०

दक्षिण कोरियाको एसियाना एयरलाइन्सले विमानभित्र आपत्कालीन ढोकाको पंक्तिमा भएका सिटमा यात्रु नराख्ने भएको छ । विमान अवतरण गर्न लागेको समयमा एक यात्रुले आपत्कालीन ढोका खोलेको घटना पश्चात ती सीटहरु बेच्न रोक लगाइएको हो ।

१ सय ९४ जना यात्रु सवार विमानको आपत्कालीन ढोका ३० वर्षिय यात्रुले खोलेका थिए । सो समय विमान जमिनबाट २ सय ५० मिटर माथि थियो । त्यसपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो । विमानका यात्रुका अनुसार ती युवकले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास समेत गरेका थिए । जागिर गुमाएपछिको तनावका कारण निसास्सिएर छिट्टै बाहिर निस्कन आपत्कालीन ढोका खोलेको ती युवकले प्रहरीसँगको बयानमा बताएका छन् ।  


प्रतिक्रिया