इजरायली सेनाको पछिल्लो आक्रमणमा परि गाजामा २९ प्यालेस्टाईनीको मृत्यु

चैत्र २, २०८० | काठमाडौं

इजरायली सेनाको पछिल्लो आक्रमणमा परि गाजा पट्टीमा सहायता कुरिरहेका २९ जना प्यालेस्टीनीको मृत्यु भएको छ ।

विभिन्न स्थानमा भएको छुट्टा छुट्टै आक्रमणमा परि उनिहरुको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

मध्य गाजा पट्टीकोसहायता वितरण केन्द्रमा भएको हवाई आक्रमणमा ८ व्यक्तिको मृत्यु भएको थियो भने उत्तरी गाजामा भएको अर्को आक्रमणमा कम्तिमा २१ व्यक्तिको मृत्यु भएको हो। आक्रमणमा परि १५० भन्दा बढी घाईते भएका छन् । 

गाजा द्वन्द्वले ठूलो संख्यामा नागरिकहरु विस्थापित भएका छन् । 


प्रतिक्रिया